नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने तयारी
चितवन । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
अघिल्लो चुनावमा मेयर लडेका जिल्ला इन्चार्ज देवी ज्ञवालीले सुवेदीलाई मेयरको उम्मेदवार प्रस्ताव गर्ने र सांसद कृष्णभक्त पोखरेलले समर्थन गर्ने एमाले भरतपुर महानगरका एक पदाधिकारीले जानकारी दिए ।
सुवेदी प्रदेशसभा सदस्य समेत हुन् । उनी २०७४ मा भएको प्रदेश निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं। २ ख बाट विजयी भएका उनी अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकासमन्त्री समेत बनेका थिए ।
Facebook Comments Box

