त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपालले पपुवा न्युगिनीकाे सामना गर्दै

काठमाडौं, १७ चैत – त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा पीएनजीसँग खेल्न लागेको हो ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:३० मा सुरु हुनेछ । पीएनजीविरुद्धको खेल नेपालको ५० औं टी-ट्वान्टी अन्तराष्ट्रिय खेल हो । नेपाल आज पीएनजीलाई हराएर एक खेल अगाबै फाइनल पुग्न चाहन्छ ।

सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो । नेपाल उक्त जितलाई कायम गर्न चाहन्छ । यस्तै नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल २ खेलमा लगातार जितसहित ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ । मलेसिया २ खेलमा २ जित १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

Facebook Comments Box