काठमाडौँमा उपत्याकामा ७ जना सहित देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १५ चैत – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा ७ जना सहित देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ४ हजार ३२२ आरटी पीसीआर तथा १ हजार १४९ एन्टीजेन परिक्षण सहित ५ हजार ४१७ जनाको परिक्षण गर्दा थप ४२ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४६२ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १९८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ८६ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६५ हजार २२८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५१ रहेको छ ।

