नेकपा एमाले स्थायी कमिटीको प्रथम बैठक आज बस्दै

काठमाडौं, १३ चैत – नेकपा एमाले स्थायी कमिटीको प्रथम बैठक आज बस्दै छ। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक दिउँसो ३ बजे महाराजगन्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्नेछ।

आजको स्थायी कमिटीको बैठकबाट हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइने रिजालले जानकारी दिए। एमालेको स्थायी कमिटीमा पदाधिकारीसहित ४५ सदस्य छन् भने ४ जना पदेन सदस्य छन्।

Facebook Comments Box