स्थानीय तहको चुनावमा एमालेले ६० देखि ७० प्रतिशत सिट जित्छ : अध्यक्ष केपी शर्मा ओली

काठमाडौं, १ चैत्र – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा आफ्नो पार्टीले ६० देखि ७० प्रतिशत सिट जित्ने दाबी गरेका छन् ।

मंगलबार अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनावमा एक्लै जाने र ६० देखि ७० प्रतिशत सिट जित्ने दाबी गरेका हुन् । ‘एमाले कसैसँग गठबन्धन गरेर होइन, एक्लै चुनावमा जान्छ,’ उनले भने, ‘परमादेशी शक्तिलाई पराजित गर्न हामी एक्लै काफी छौँ ।’

अध्यक्ष ओलीले स्थानीय तहको चुनावले कुन पार्टीको हैसियत के रहेछ भन्ने प्रस्ट पार्ने बताए । ‘स्थानीय चुनावले एउटा सन्देश दिनेछ– कुन पार्टीको हैसियत के छ, कुन पार्टीप्रति जनताको विश्वास र समर्थन कस्तो भन्ने,’ उनले भने ।

Facebook Comments Box