काठमाडौँ उपत्यकामा २७ जना सहित देशभर थप ६५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २९ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २७ जना सहित देशभर थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४ र ललितपुरमा ४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ३०६ आरटी पीसीआर तथा १ हजार ३०६ एन्टीजेन परिक्षण सहित ७ हजार ९४७ जनाको परिक्षण गर्दा थप ६५ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ८७९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ९१६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ९२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६१ हजार ७० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५० रहेको छ ।

Facebook Comments Box