नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति पदका लागि पुनः निर्वाचन हुने
काठमाडौं, २९ फागुन – नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ । सभापतिमा प्रतिस्पर्धा गरेका तीन जना उम्मेदवारहरुमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
दोस्रो चरणमा सबैभन्दा बढी मत पाउने दुई जना उम्मेदवार जंगबहादुर लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुने छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशनका लागि भएको निर्वाचनमा सदर १ हजार ८६८ मतमध्ये सबैभन्दा बढी जंगबहादुर लामाले ७०५ मत पाए । दोस्रो स्थानमा रहेका वंशलाल तामाङले ६२९ मत पाए । सभापति पदका अर्का प्रतिस्पर्धी डा. प्रेमध्वज लामाले ४९३ मत पाएका छन् ।
Facebook Comments Box

