संक्रमणको कुनै पनि लक्षण नदेखिएकालाई अनिवार्य पीसीआर नगराउनु : स्वास्थ्य मन्त्रालय
काठमाडौं, २८ फागुन – स्वास्थ्य मन्त्रालयले कोभि८-१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन आग्रह गरेको छ ।
शुक्रबार मन्त्रालयका सह-प्रववक्ता डा. समीर कुरमा अधिकारीले विज्ञप्ति जारी गर्दै कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन अनुरोध गरेका हुन् । पछिल्लो समय कोरोना संक्रमणदर घट्दै जान थालेको छ ।

Facebook Comments Box

