एक महिने चुनावी अभियानपछि मात्रै तालमेल गर्ने कि नगर्ने भन्नेबारेमा पार्टीले निर्णय गर्छ : प्रकाशमान सिंह
काठमाडौं, २७ फागुन – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियानपछि मात्रै तालमेल गर्ने कि नगर्ने भन्नेबारेमा पार्टीले निर्णय गर्ने बताएका छन् ।
काठमाडौंको आलोक नगरमा शुक्रबार (आज) बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक महिने अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि आवश्यक निर्णय गर्ने उनले बताए ।
आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको पनि उनले बताए । सत्तारुढ पाँच दलीय गठबन्धन कांग्रेसले चाहेरमात्रै नभएको बताउँदै उनले परिस्थितिज्य कारणले यो गठबन्धन बनेको र सोही अनुसार आवश्यक निर्णय लिइने उनले बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पर्सामा आयोजित एक कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्म सत्ता गठबन्धन मिलेर जानुपर्ने अभिव्यक्ति दिएका थिए ।

