काठमाडौँ उपत्यकामा २१ जना सहित देशभर थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २७ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २१ जना सहित देशभर थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५, भत्तपुर २ र ललितपुरमा ४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ६०७ आरटी पीसीआर तथा २ हजार ३७४ एन्टीजेन परिक्षण सहित ७ हजार ९८१ जनाको परिक्षण गर्दा थप ७७ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ७४१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार २१२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ८९ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६० हजार ६८६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५० रहेको छ ।

Facebook Comments Box