काठमाडौँ उपत्यकामा ३२ जना सहित देशभर थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २५ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३२ जना सहित देशभर थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९ र ललितपुरमा ३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ९३६ आरटी पीसीआर तथा ३ हजार १५६ एन्टीजेन परिक्षण सहित १० हजार ९२ जनाको परिक्षण गर्दा थप २२४ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ५५२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ६९२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय ५१ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६० हजार ६८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९४९ रहेको छ ।

Facebook Comments Box