सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बाँकी रहेका खेलहरु शुक्रबारबाट शुरु हुने

काठमाडौँ, २६ माघ – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बाँकी रहेका खेलहरु शुक्रबारबाट शुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले १० औं चरणदेखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेका हो।

यद्यपि अन्तिम चरणको खेलको मिति र स्थान भने टुङ्गो लाग्न बाँकी रहेको एन्फाले बताएको छ। एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार अब बाँकी रहेकामध्ये धेरैजसो खेल दशरथ रंगशालामा नै हुनेछन् भने केही खेल एन्फा कम्प्लेक्समा हुनेछन्।

अहिलेसम्म नवौं चरणको खेल सकिँदा मछिन्द्र क्लब २३ अंकका साथ शीर्षस्थानमा छ भने मनाङ मर्स्याङ्दी क्लबले १९ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १७ अंक छ।

Facebook Comments Box