पूर्वी नाका काँकडभिट्टाबाट विस्फाेटक पदार्थ नेपाल ल्याउने प्रयास
विराटनगर, १९ माघ – मुलुकको पूर्वी नाका काँकडभिट्टाबाट विस्फाेटक पदार्थ नेपाल ल्याउने प्रयास भइरहेको खुलेको छ । सशस्त्र प्रहरी बलको काँकडभिट्टा बोर्डर आउट पोष्ट (बीओपी) ले कमर्सियल डेटोरनेटर ८० वटा र नेपोलाइट (हाइ एक्स्प्लोसिभ) ९१ वटा लोला बरामद गरेसँगै यो नाकाबाट विस्फाेटक पदार्थ ल्याउने प्रयास भइरहेको खुलेको हो ।
सशस्त्र प्रहरी बल नम्बर २ गण हेडक्वार्टर झापाका प्रमुख एसपी प्रदीप कार्कीका अनुसार शंकास्पद वस्तु सहितको झोला नदी छेउमा राखिएको सूचना आएलगत्तै बोर्डर आउट पोष्ट (बीओपी) काँकडभिट्टाबाट सशस्त्र प्रहरी निरीक्षक प्रेम चाम्लिङको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।
टोलीले विस्फाेटक पदार्थ बरामद गरेको कार्कीले बताए । विस्फाेटक पदार्थलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, झापा बुझाइएको उनको भनाइ छ ।

