काठमाडौँ उपत्यकामा १ हजार ७७८ जना सहित देशभर थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १६ माघ  – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७७८ जना सहित देशभर थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २३२, भक्तपुरमा १६७ र ललितपुरमा ३७९ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ९१० आरटी पीसीआर तथा ३ हजार २३५ एन्टीजेन परिक्षण सहित १३ हजार १४५ जनाको परिक्षण गर्दा थप ३ हजार ५४० जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या १० लाख ७७ हजार ३७६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ३५९ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ५४ हजार ७०७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ७३५ रहेको छ ।

Facebook Comments Box