काठमाडौँ उपत्यकामा ३ हजार १२५ जना सहित देशभर थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १३ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार १२५ जना सहित देशभर थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ४०२, भक्तपुरमा २०२ र ललितपुरमा ५२१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १५ हजार ७२६ आरटी पीसीआर तथा ६ हजार ७२ एन्टीजेन परिक्षण सहित २१ हजार ८०८ जनाको परिक्षण गर्दा थप ८ हजार १७ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या १० लाख ६२ हजार १०५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ३७ हजार ४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६८७ रहेको छ ।

