सरकारले काठमाडौं उपत्यकाका १६ अस्पतालमा ८८ हजार ट्याब्लेट पारा सिटामोल वितरण

काठमाडौँ, ११ माघ – सरकारले काठमाडौं उपत्यकाका १६ अस्पतालमा ८८ हजार ट्याब्लेट पारा सिटामोल वितरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नियमित कोरोना ब्रिफिङमा उपत्यकाका अस्पतालमा पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरेको जानकारी गराएको हो।

मन्त्रालयका अनुसार महाराजगञ्जस्थित शिक्षण अस्पताल दश हजार, पाटन अस्पतालमा १० हजार, राष्ट्रिय ट्रमा सेन्टरमा दश हजार, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा छ हजार, वीर अस्पतालमा पाँच हजार सिभिल अस्पतालमा दश हजार दिइएको छ।

परोपकार तथा स्त्री रोग अस्पतालमा पाँच हजार, महाराजगञ्जस्थित पुलीस अस्पतालमा पाँच हजार, वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा पाँच हजार, गंगालाल राष्ट्रिय मुटु सेन्टरमा दुई हजार, धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा दुई हजार, भक्तपुर अस्पतालमा पाँच हजार, भक्तपुर क्यान्सर अस्पतालमा दुई हजार, राष्ट्रिय आयुर्वेद तालिम तथा रिर्सच केन्द्रमा तीन हजार, आयुर्वेद अस्पताल नरदेवीमा दुई हजार गरेर ८८ हजार ट्याब्लेट वितरण गरेको हो।

Facebook Comments Box