काठमाडौँ उपत्यकामा ३ हजार ९३९ जना सहित देशभर थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ३ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९३९ जना सहित देशभर थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १४ हजार १४ आरटी पीसीआर तथा ३ हजार ४५१ एन्टीजेन परिक्षण सहित १७ हजार ४६५ जनाको परिक्षण गर्दा थप ६ हजार ७३४ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ६१ हजार ९४० रहेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५४७ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १६ हजार ९८५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६२३ रहेको छ ।

