शहीद स्मारक ए डिभिजन लिगमा एपीएफ सँग हिमालयन शेर्पा १–० पराजित

काठमाडौँ, ३० पुस – हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै नेपाल एपीएफ फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगको आठौँ स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले शेर्पालाई १–० गोल अन्तरमा पाखा लगाउँदै दुई स्थान सुधार गरेको हो।

खेलको ४४ औँ मिनेटमा आभास लामिछानेले गोल गर्दै अग्रता दिलाएका थिए। उनले गरेको गोल नै एपीएफका लागि निर्णायक बन्यो। दोस्रो हाफमा दुवै टोलीले अवसर पाए पनि सदुपयोग गर्न भने सकेनन्। जितसँगै एपीएफले ९ खेलबाट २ मा जित, ४ मा बराबरी र ३ खेलमा हार भोग्दै १० अंकमा आठौँ स्थानमा छ।

पराजित भएपनि शेर्पा ११ अंकमा छैटौँ स्थानमा यथावत छ। शेर्पाले ९ खेलमा ३ मा जित दुईमा बराबरी र ४ खेलमा हार भोगेको छ।

Facebook Comments Box