प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर, २२ पुस – प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २३ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा सात/सात, इलाम र झापामा एक/एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा सात, सुनसरीको इटहरीमा चार, धरानमा दुई र इनरुवामा एक, इलामको इलाम नगरपालिका र झापाको कमल गाउँपालिकामा एक/एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आज चार महिलासहित १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १५० रहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box