नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि रेशम चौधरीका समर्थकहरु निर्वाचन आयोगमा
काठमाडौं, १९ पुस – नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि रेशम चौधरीका समर्थकहरु निर्वाचन आयोगमा पुगेका छन् । सो पार्टीका नेता-कार्यकर्ताहरु चौधरीका तस्वीर अंकित प्लेकार्ड र ब्यानर बोकेर दल दर्ताको निवेदन दिन निर्वाचन आयोगको कार्यालयमा पुगेका हुन् ।
काठमाडौंको भृकुटीमण्डपबाट बाजागाजा र झाँकीसहित आयोगको कार्यालय कान्तिपथ पुगेका छन् । सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् ।
टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरी भने जेलमा छन् । जसपाको आधिकारिकता विवाद निरुपणको क्रममा निर्वाचन आयोगले गराएको सनाखतमा उनी तटस्थ बसेका थिए ।
Facebook Comments Box

