काठमाडौँ उपत्यकामा १ सय ८४ जना सहित देशभर थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १९ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ८४ जना सहित देशभर थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४०, भक्तपुरमा १६ र ललितपुरमा २८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ७०० आरटी पीसीआर तथा २ हजार ७९८ एन्टीजेन परिक्षण सहित १२ हजार ४९८ जनाको परिक्षण गर्दा थप ३२६ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार ५५७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २५५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १२ हजार ६७४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५९८ रहेको छ ।

Facebook Comments Box