माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, नयाँ नेतृत्व चयनको विधि बनाउने

काठमाडौं , १५ पुस – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि सुझाव दिने क्रम सकिएपछि नयाँ नेतृत्व चयनको विधि बनाउन स्थायी समिति बसेको हो।

बैठकले माओवादी केन्द्रको २९९ सदस्यीय नयाँ नेतृत्व चयन विधिबारे छलफल गरिने एक नेताले जानकारी दिए। यसैबीच प्रदेश २ का प्रतिनिधिले बन्दसत्रका अध्यक्ष मण्डलका सदस्य गिरिराजमणि पोखरेललाई ‘अपराधी’ भनेको विषयमा पनि आज दिउँसो बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले भोलि निर्णय सुनाउने जवाफ दिएका छन्। बन्दसत्र हलमा प्रवक्ता महराले सो जानकारी दिएका हुन्।

प्रचण्डले सोमबार पेश गरेको राजनीतिक प्रतिवेदनमा २५ समूहले सुझाव दिएका छन्। सो सुझाव, प्रश्न सबैलाई समेटेर प्रचण्डले भोलि जवाफ दिनेछन् र भोलि नै निर्वाचन प्रक्रिया सुरु हुन सक्छ। निर्वाचन प्रक्रिया सुरु भएपछि केन्द्रीय समिति संख्या पेश गर्न पनि अहिले स्थायी समिति बसेको हो।

बैठकले केन्द्रीय समितिको संख्याबारे पनि पुनर्विचार गर्न सक्ने एक नेताले बताए। हाल माओवादीले १५ जना पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्न प्रस्ताव गरेको छ।

Facebook Comments Box