जिल्ला प्रशासन कार्यालय सिरहाले भोलि पुस १४ गतेको लागि लगाइएको निषेधाज्ञा हटायाे
सिरहा, १३ पुस – जिल्ला प्रशासन कार्यालयले सिरहामा लगाइएको निषेधाज्ञा हटाएको छ। प्रशासनले भोलि पुस १४ गतेको लागि लगाइएको निषेधाज्ञाको आदेश हटाइएको सूचना जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सर्लाहीको ईश्वरपुर नगरपालिकाअन्तर्गत बयलबास बजारमा प्रहरी भ्यानको ठक्करबाट एक युवकको मृत्यु भएको विषयमा आन्दोलित स्थानीय र प्रहरीबीच झडप भएपछि निषेधाज्ञा जारी गरेका थिए।
गत आइतबार राति ईश्वरपुर नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय (केशरगञ्ज) को भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक ईश्वरपुर नगरपालिका–५ का ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो।
त्यही विषयमा प्रदर्शनकारीरूले निरन्तर ढुंगामुढा एवं तोडफोड गरेपछि बयलवास बजार क्षेत्रमा मंगलबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको थियो।
Facebook Comments Box

