काठमाडौँ उपत्यकामा १०० जना सहित देशभर थप २११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २३ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १०० जना सहित देशभर थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६४, भक्तपुरमा ८ र ललितपुरमा २८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार १८ आरटी पीसीआर तथा १ हजार ४३३ एन्टीजेन परिक्षण सहित ९ हजार ४५१ जनाको परिक्षण गर्दा २११ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख २३ हजार ५५४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार १०५ रहेको छ । यसैगरी,पछिल्लो २४ घण्टामा थप ३२९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ५ हजार ९०० पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जानाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५४९ रहेको छ ।

