काठमाडौँ उपत्यकामा १ सय १२ जना सहित देशभर थप २६५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २० मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय १२ जना सहित देशभर थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७९, भक्तपुरमा १० र ललितपुरमा २३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ११४ आरटी पीसीआर तथा १ हजार ५०३ एन्टीजेन परिक्षण सहित ८ हजार ६१७ जनाको परिक्षण गर्दा २६५ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ४४९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ रहेको छ । यसैगरी,पछिल्लो २४ घण्टामा थप ३५७ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जानाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५४३ रहेको छ ।