काठमाडौँ उपत्यकामा ९३ जना सहित देशभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ १७ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९३ जना सहित देशभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५५, भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ४०० आरटी पीसीआर तथा १ हजार ४३६ एन्टीजेन परिक्षण सहित ७ हजार ८३६ जनाको परिक्षण गर्दा २४६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार ७४१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको छ  यसैगरी,पछिल्लो २४ घण्टामा थप ३४७ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५३५ रहेको छ ।

Facebook Comments Box