काठमाडौँ उपत्यकामा १ सय ५६ जना सहित देशभर थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १६ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ५६ जना सहित देशभर थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९९, भक्तपुरमा १५ र ललितपुरमा ४२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ५११ आरटी पीसीआर तथा १ हजार ८९२ एन्टीजेन परिक्षण सहित ११ हजार ४३० जनाको परिक्षण गर्दा ३१५ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार ४९५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २०१ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ३ हजार ३६९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५३५ रहेको छ ।

