काठमाडौँ उपत्यकामा १ सय ४ जना सहित देशभर थप २५५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १४ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ४ जना सहित देशभर थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६४, भक्तपुरमा ११ र ललितपुरमा २९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ४ हजार ३२९ आरटी पीसीआर तथा २ हजार १४० एन्टीजेन परिक्षण सहित ६ हजार ४९९ जनाको परिक्षण गर्दा २५५ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ८६४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २५६ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख २ हजार ९०९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५२६ रहेको छ ।

