प्रधानन्यायाधीश चोलेन्द्र शमशेर विरुद्धको नाराजुलुस बन्द
काठमाडौँ, १४ मङ्सिर – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी भएर अस्पताल भर्ना भएपछि कानुन व्यवसायीले उनीविरुद्धको नाराजुलुस बन्द गरेका छन्। मंगलबार सर्वोच्च अदालतमा जम्मा भएर धर्ना कार्यक्रमलाई निरन्तरता दिए पनि उनीहरुले नारा जुलुस भने गरेनन्।
यसअघि धर्नामा चोलेन्द्र शमेशेरको राजीनामा माग गर्दै नारा लगाउँदै आएका थिए। मंगलबार भने मौन रहेको नेपाल बारका महासचिव लिलामणि पौडेलले बताए। ‘उहाँ बिरामी भएर अस्पताल भर्ना हुनु भएको छ रे, त्यही भएर अस्पतालमा भएको मान्छेविरुद्ध नारा जुलुस गरेनौँ। आन्दोलन जारी राखे पनि आज मौन रह्यौँ, उहाँकै स्वास्थ्य लाभको कामना ग¥यौँ’, महासचिव पौडेलले भने।
भोलिबाट आन्दोलनलाई कस्तो रुपमा लैजाने भन्ने आज छलफल हुने पौडेलले बताए। कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका छन्। उनको स्वास्थ्य अवस्था स्थिर रहेको डा. प्रविण नेपालले जानकारी दिए।

