स्वास्थ्य मन्त्राीले टेकुका निर्देशक डा. अनुप बास्तोलालाई सरुवा गरे

काठमाडौँ, १३ मङ्सिर – स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. अनुप बास्तोलालाई सरुवा गरेको छ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रिस्तरीय निर्णय गरेर बास्तोलालाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरेका हुन्। बास्तोलाको ठाउँमा डा. मनिषा रावललाई ल्याइएको छ। डा.बास्तोलाको सरुवाप्रति अस्पतालमा कार्यरत कर्मचारीहरुले समेत असन्तुष्टि जनाएका छन्।

डा.बास्तोलाई केपी शर्मा ओली नेतृत्वको सरकारले गएको असारमा टेकु अस्पतालको निर्देशकमा नियुक्त गरेको थियो। बास्तोला सरुवा रोगको उपचार र नियन्त्रणमा अब्बल मानिन्छन्।

Facebook Comments Box