काठमाडौँ उपत्यकामा १ सय २१ जना सहित देशभर थप २१३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ११ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय २१ जना सहित देशभर थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९४, भक्तपुरमा ७ र ललितपुरमा २० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ४ हजार ९०७ आरटी पीसीआर तथा १ हजार ७२५ एन्टीजेन परिक्षण सहित ६ हजार ६३२ जनाको परिक्षण गर्दा २१३ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार १९२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार १५६ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ३२० जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख २ हजार ४७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५२१ रहेको छ ।

