सहिद स्मारक ए डिभिजन लिगमा आजदेखि दोस्रो चरणका खेल हुँदै

काठमाडौँ, १० मङ्सिर – सहिद स्मारक ए डिभिजन लिगमा आजदेखि दोस्रो चरणका खेल हुँदै छन्। दोस्रो चरणको पहिलो दिन आज दुई खेल हुँदै छन्।

पहिलो खेल दिउँसो १ बजे सातदोबाटो र थ्रीस्टार क्लबबीच सुरु हुनेछ। यसअघि पहिलो चरणको खेलमा सातदोबाटोले फ्रेन्ड्स क्लबसँग बराबरी खेलेको थियो भने थ्रीस्टारले च्यासललाई हराउँदै विजयी सुरुवात गरेको थियो।

आजको दोस्रो खेल पौने पाँच बजे संकटा र फ्रेन्ड्स क्लबबीच हुनेछ। यी दुवै टोलीले पहिलो चरणको आ–आफ्नो खेलमा बराबरीको नतिजा हात पारेका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दोस्रो चरणका सबै खेल दशरथ रंगशालामा हुनेछ।

Facebook Comments Box