काठमाडौँ उपत्यकामा १ सय ४४ जना सहित देशभर थप ३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ७ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ४४ जना सहित देशभर थप ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०५, भक्तपुरमा ९ र ललितपुरमा ३० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ७२९ आरटी पीसीआर तथा १ हजार ४४५ एन्टीजेन परिक्षण सहित १० हजार १७४ जनाको परिक्षण गर्दा ३५१ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ६९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ३०० रहेको छ । यसैगरी, पछिल्लो २४घण्टामा थप २७३ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ८९० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५०९ रहेको छ ।

Facebook Comments Box