आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपाल हङकङसंग ६ विकेटले पराजित

काठमाडौँ, ६ मङ्सिर – आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपाल हङकङसंग ६ विकेटले पराजित भएको छ ।
दुबईको आईसीसी क्रिकेट एकेडेमीमा भएको खेलमा टस हारेर ब्याटिङ्ग गर्न मैदमनमा उत्रेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४ रन बनाएको हो ।

नेपालका लागि सिता राना मगरले ४० रन र इन्दु वर्माले ३१ रन बनाउनु भयो । हङकङका लागि वेटि चेन र केरि चेन ले १-१ विकेट लिनुभयो ।
१ सय ५ रनको लक्ष लिएर मैदानमा उत्रेको हङकङले १८ ओभरमा ४ खेलाडी गुमाएर निर्धारित लक्ष पुरा गरयो ।

हङकङका लागि मारिको हिलले ४४ रन, कप्तान केरी चनले १७ तथा नताशा माइल्सले १६ रन बनाउनु भयो । नेपालका लागि कविता कुँवर, सबनम राई र सीता राना मगरले समान एक-एक विकेट लिनुभयो । नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्नेछ ।

त्यसैगरी तेस्रो खेल बिहिबार कुवेतविरुद्ध, चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने तय भएको छ । छनोटमा ६ टिम सहभागी छन् र विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

Facebook Comments Box