रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा शनिबार सामूहिक भाइटीका

काठमाडौँ, २० कात्तिक – नेपालीहरुको दोस्रो ठूलो चाडको पाँचौ दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा शनिबार सामूहिक भाइटीका लगाउने कार्यक्रम भइरहेको छ।

वर्षमा एक दिन यो मन्दिर तिहारको भाइटीकामा मात्रै खुल्छ। मन्दिरमा आफ्ना दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले भाइटीकाका दिन पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।

शनिबार यस मन्दिरमा भाइटीका लगाउनेको भीड लागेको छ। रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर वि.सं. २०३५ पछि नियमित खुल्न थालेको हो। बालगोपालेश्वर मन्दिर २०७२ को भूकम्पपछि गत वर्षदेखि मात्रै सर्वसाधारणका लागि खुलाइएको हो।

Facebook Comments Box