नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौँ, ४ कात्तिक – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे सुरु हुनेछ।

आजको एमाले स्थायी कमिटी बैठकमा पाँच विषयमा छलफल हुने जानकारी पनि उनले दिए। कार्यालय सचिव तामाङका अनुसार आजको बैठकका लागि यी ५ एजेन्डा तय गरिएको छ ।

विधान महाधिवेशन समिक्षा , वडा अधिवेशन कात्तिक ६ गते सम्बन्धमा, पालिका अधिवेशन कात्तिक ९ सम्बन्धमा, राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेश र हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षति सम्बन्धमा।

Facebook Comments Box