हुम्लाको मा सोमबारदेखि हिमपात

काठमाडौँ, २ कात्तिक – चीन सँग सिमाना जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सोमबारदेखि हिमपात भएको छ। उत्तरी नाम्खाको हिमालपारीको गाउँ लिमी, हिल्सा र यारी क्षेत्रमा हिमपात भएको हो। बर्षासगै हिमपात सुरु भएपछि त्यहाँको जनजीवनक कष्टकर भएको छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नाम्खा गाउँपालिका ५ को यारी र हिल्सा तथा ६ नम्बर वडामा पर्ने लिमीमा एक फिट भन्दा बढी हिउ जमेको जानकारी दिए। ‘वर्षासँगै हिउँ पर्ने क्रम अझै रोकिएको छैन। जमिनमा हिउँ अझै जम्ने अनुमान छ,’ आचार्यले भने।

हिउँ परेपछि यारी र हिल्सा क्षेत्रको तापक्रम तापक्रम माईसन चार डिग्रीमा झरेको छ। हिउँले जमिन भिज्ने भन्दै किसानहरु खुसी भएका छन्। हिउँ परेपछि हिउँदे बाली सप्रिने किसान बताउँछन्।

Facebook Comments Box