कांग्रेस नेता प्रियंका गान्धी प्रहरी नियन्त्रणमा

उत्तर प्रदेश, १८ असोज – भारतको उत्तर प्रदेशअन्तर्गत लखिमपुरमा मारिएका किसानका परिवार भेट्न जाँदै गर्दा कांग्रेस नेता प्रियंका गान्धी वाड्रालाई सीतापुरमा प्रहरीले नियन्त्रणमा लिएको छ।

कांग्रेस नेता दीपेन्द्र सिंह हुड्डाले ‘प्रियंका गान्धीलाई पक्राउ गर्ने बेला पुरुष प्रहरी अधिकारीले उनलाई हातपात गरेको आरोप लगाएका छन्। उत्तर प्रदेश राज्यका कांग्रेस प्रमुख अजयकुमार लल्लुले भनेका छन्, ‘प्रियंका गान्धीजीलाई गिरफ़्तार गरिएको छ। कसैको दुःखमा सहभागी हुनु अपराध हो?’

यस्तै बसपा नेता सतिशचन्द्र मिश्रले लखिमपुर खिरी जान प्रशासनले रोक लगाएको बताएका छन्। उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवलाई पनि त्यहाँ जान रोकिएको बताइएको छ।

Facebook Comments Box