काठमाडौँ उपत्यकामा ३९४ जना सहित देशभर थप १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ११ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९४ जना सहित देशभर थप १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८५, भक्तपुरमा ४३ र ललितपुरमा ८६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १२ हजार ८१ आरटी पीसीआर तथा ३ हजार ४०७ एन्टीजेन परिक्षण सहित १५ हजार ४८८ जनाको परिक्षण गर्दा १ हजार २८२ संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ८३ हजार २८१ रहेको छ भने सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार २६२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ६२ हजार ४१६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार १०३ रहेको छ ।

Facebook Comments Box