ईपीएलको चौथो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै

काठमाडौँ, ९ असोज – एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । कोरोना भाइरसका कारण सन् २०१९ र २०२० मा हुन नसकेको ईपीएल आजदेखि दर्शकसहित हुँदैछ ।

शनिबार हुने उद्घाटन खेलमा काठमाडौं उपत्यकाका दुई टोली- ललितपुर प्याट्रिओट्स र काठमाडौं किङ्ग्स-११ भिड्ने छन् । नेपाली समयअनुसार शनिबार दिउँसो १२:१५ बजे सुरु हुने खेलमा साविक विजेता जितसहित उपाधि रक्षा अभियान सुरु गर्न चाहन्छ ।

यद्यपि, पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदीको उपस्थितिले उत्साहित काठमाडौं पनि धमाकेदार सुरुआत गर्ने तयारी छ । ललितपुर युवा स्टार कुशल भुर्तेलको नेतृत्वमा खेल्ने छ भने काठमाडौंको कप्तानी स्टार स्पीनर सन्दीप लामिछानेले गर्नेछन् ।

ललितपुरका पूर्व घोषित कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिता सुरु हुनु दुई दिनअघि मात्रै नाम फिर्ता लिएपछि ललितपुरले कुशललाई कप्तान चयन गरेको हो ।

यसअघि यी दुई टोलीबीच भएका तीन खेलमा ललितपुरले एकतर्फी नतिजा निकालेको छ । दोस्रो सिजन २०१७ मा ७ विकेटले हारेको काठमाडौं २०१८ मा १० र १ विकेटले पराजित भएको थियो ।

काठमाडौं किग्स-११: सन्दीप लामिछाने, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया,आशाक चन्द, अमरसिंह रौटेला, गुल्शन झा । विदेशी खेलाडी: शाहिद अफ्रिदी, जनक प्रकाश, रेयान ब्रुल, रहमानउल्ला गुरबाज ।

ललितपुर प्याट्रिओट्स: ज्ञानेन्द्र मल्ल, सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रासिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज सिंह । विदेशी खेलाडी: अज्मतुल्ला ओमरजाई, ओसाडा फर्नान्डो, मिक्यो दोर्जे, सेनडन विराक्योडी ।

Facebook Comments Box