आज  देस भर केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना

काठमाडौं, १ असोज – हाल देशभर मौसम सामान्य देखि पूर्ण बदली भएको छ भने गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ। ‘हल्का खालको वर्षा हुने सम्भावना छ,’ वरिष्ठ मौसमविद् सापकोटाले भने

आज  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

 

Facebook Comments Box