आइ.सी.सी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पहिलो खेलमा अमेरिका द्वारा नेपाल सामु १३१ रनको लक्ष
काठमाडौँ, २८ भदौ – ओमानमा आजदेखी सुरू आइ.सी.सी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपाललाई अमेरिकाले २३१ रनको लक्ष दिएको छ ।
ओमानस्थित अल अमारत क्रिकेट मैदानमा टस जितेर अमेरिकाले पहिले ब्याटीङ गदै निर्धारित ५० ओभरमा ९ खेलाडी गुमाएर १३० रन बनाएको हो । अमेरिकाको लागि मनन पटेलले १०० रनको पारी खेले भने नेपालका लागि संदिप लामिछाने, बिक्रम सोब र सुसान्त भारीले २—२ विकेट लिए भने करण के.सि र सोमपाल कामी भने विकेट लिन असफल भए ।
लिग टु अन्तर्गत नेपालमा भएको खेलमा नेपालले अमेरिकामाथि दुवै खेलमा जित निकालेको थियो। अमेरिकालाई एक खेलमा नेपालले ३५ रनमा नै सिमित पारेको थियो । त्यो खेल नेपालले ५.२ ओभरमा दुई विकेट गुमाएर जितेको थियो। अर्को खेलमा नेपालले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका १५५ रनमै अल आउट भएको थियो ।

