आज नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, २५ भदौ – आज नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङका अनुसार बैठक अपराह्न् ४ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बस्नेछ।
बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने कार्यालय सचिव तामाङले जानकारी दिए। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। एमालेले बुधबार संसद् बैठक अवरुद्ध गरेको थियो।
Facebook Comments Box

