आज देश भर सामान्य देखी भारी वर्षाकाे सम्भावना

काठमाडौँ, १० भदौ – हाल देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली छ भने विभिन्न स्थानमा वर्षा जारी छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा अन्य प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ भने प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि छ।

महाशाखाका अनुसार राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। साथै राति प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

Facebook Comments Box