काठमाडौँ उपत्यकामा ७०८ सहित देशभर थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ७ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७०८ सहित देशभर थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४४१, भक्तपुरमा १०० र ललितपुरमा १६७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ७०४ आरटी पीसीआर तथा २ हजार ६२२ एन्टीजेन परिक्षण सहित ११ हजार ३२६ जनाको परिक्षण गर्दा १ हजार ८०१ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख २९ हजार ४४३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ९२४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ९७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ५३३ रहेको छ ।

Facebook Comments Box