काठमाडौँ उपत्यकामा ६६७ जना सहित देशभर थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ५ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६६७ जना सहित देशभर थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा १०३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ७०३ आरटी पीसीआर तथा ५ हजार ३७२ एन्टीजेन परिक्षण सहित १३ हजार ७५ जनाको परिक्षण गर्दा २ हजार ७५ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख २५ हजार ७२२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार ३२२ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ४८५ रहेको छ ।

