काठमाडौँ उपत्यकामा ८९८ जना सहित देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ४ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८९८ जना सहित देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ५३० आरटी पीसीआर तथा ७ हजार १२४ एन्टीजेन परिक्षण सहित १७ हजार ६५४ जनाको परिक्षण गर्दा ३ हजार ४२ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६४७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार २४४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५४३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ४५५ रहेको छ ।

