मन्त्रिपरिषदको बैठकले हरिशंकर मिश्रलाई नयाँ प्रदेश २ का प्रमुखका रूपमा नियुक्त
काठमाडौँ, ३२ साउन – सरकारले प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराजलाई हटाएको छ । मन्त्रिपरिषदको आजको बैठकले हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
महोत्तरीका कांग्रेस नेता मिश्र २०४८ सालमा प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी कांग्रेसका संस्थापक नेता रामनारायण मिश्रका छोरा हुन् ।
Facebook Comments Box

