जिल्ला प्रशासन कार्यालय काठमाडौं द्वारा मास्क लगाए नलगाएकोबारे विभिन्न स्थानमा अनुगमन

काठमाडौँ, २८ साउन – जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणले मास्क लगाए नलगाएकोबारे विभिन्न स्थानमा अनुगमन गरेको छ । त्यसक्रममा मास्क नलगाई हिंडेकाहरुलाई जरिवाना समेत गराइएको छ ।

बिहीबार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको अनुगमन टोलीले माइतीघर, कालीमाटी, कलंकी लगायतका स्थानमा अनुगमन गरेको हो ।

सहायक प्रजिअ नेतृत्वको टोलीले पसल, सार्वजनिक यातायात, फुटपाथमा सर्वसाधारणहरुले मास्क लगाए नलगाएकोबारे निरीक्षण गरेको थियो ।

त्यसक्रममा मास्क नलगाई हिंडिरहेका र पसल व्यवसाय गरिरहेकाहरुलाई सय रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै सही तरीकाले मास्क नलगाउनेलाई सचेत गराइएको प्रशासनले जनाएको छ ।

Facebook Comments Box