काठमाडौँ उपत्यकामा ९५१ जना सहित देशभर थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २४ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९५१ जना सहित देशभर थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७४०, भक्तपुरमा ५६ र ललितपुरमा १५५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ३३ आरटी पीसीआर तथा ३ हजार ३४५ एन्टीजेन परिक्षण सहित १२ हजार ३७६ जनाको परिक्षण गर्दा २ हजार ५४८ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ८३ हजार ३५५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार २९ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ६९ हजार २९९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ९३ रहेको छ

Facebook Comments Box